२०८३ साउन २६ गते
काठमाडौँ । अमेरिका र इरानबीच शान्ति सम्झौता तथा हर्म्युज जलडमरू पुनः खोल्ने विषयमा सहमति जुट्न नसकेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। वार्ता लम्बिँदै जाँदा खाडी क्षेत्रमा तनाव कायमै रहेकाले एसियाली शेयर बजारमा पनि स्पष्ट दिशा देखिएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप क्षतिपूर्तिको माग अघि सारेपछि दुई देशबीचको वार्ता थप जटिल बनेको छ। त्यसको प्रभावस्वरूप सोमबार करिब ५ प्रतिशत उकालो लागेको ब्रेन्ट क्रूड मंगलबार ८८.०९ डलर र अमेरिकी क्रूड ८२.५२ डलर प्रतिब्यारेल पुगेका छन्।
बजार विश्लेषकहरूका अनुसार अमेरिका र इरानमध्ये कसले पहिले आफ्नो अडान नरम पार्छ भन्नेमा अहिले तेल बजारको दिशा निर्भर छ। सहमति नहुँदासम्म कच्चा तेल ७५ देखि ९५ डलरको दायरामा रहने सम्भावना देखिएको छ।
प्रतिक्रिया