२०८२ चैत १४ गते
काठमाडौँ । जेन–आन्दोलनमा प्रदर्शनकारीविरुद्ध दमन गरेको विषयमा गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेका आधारमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखेकलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पतालमा लगिएको छ ।
प्रहरी परिसरका एक जना अधिकारीले दुवै जनालाई मेडिकल टेस्टका लागि लगिएको जानकारी दिए । अनुसन्धान सुरु गर्नुअघि अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ । दुवै जनालाई प्रहरीले शनिबार बिहानै निवासबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया