नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा पुनः प्रवीण रमण नियुक्त

२०८३ साउन ३० गते

नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा पुनः प्रवीण रमण नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुली पुनः नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको ४७औँ बैठकले उनलाई पुनः प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

 

Advertisement:

Ad
Ad

पुनः नियुक्तिसँगै पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार ग्रहण गरिसकेका छन्। उनी यसअघि पनि कम्पनीको नेतृत्व गर्दै व्यवसाय विस्तार, डिजिटल सेवाको विकास, सेवा प्रवाहमा सुधार तथा वित्तीय सूचकहरूलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

 

कम्पनीले उनको नेतृत्वमा बीमा व्यवसायको विस्तार, ग्राहक सेवाको गुणस्तर अभिवृद्धि, दाबी भुक्तानी प्रक्रियामा थप प्रभावकारिता तथा प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। आगामी कार्यकालमा पनि कम्पनीलाई अझ प्रतिस्पर्धी, नवप्रवर्तनमुखी र ग्राहकमैत्री बनाउने लक्ष्यसहित उनले जिम्मेवारी सम्हालेका छन्।

 

नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा क्षेत्रको अग्रणी कम्पनीमध्ये एक हो। कम्पनीले देशभर विस्तारित शाखा सञ्जालमार्फत लाखौँ बीमितलाई सेवा प्रदान गर्दै आएको छ। जीवन बीमा क्षेत्रमा उच्च व्यवसाय, बलियो वित्तीय अवस्था तथा ग्राहक विश्वासका आधारमा कम्पनीले आफ्नो अग्रणी स्थान कायम राख्दै आएको छ।

 

सीईओमा पराजुलीको पुनः नियुक्तिलाई कम्पनीको निरन्तरता, संस्थागत स्थायित्व तथा दीर्घकालीन व्यावसायिक रणनीतिलाई थप प्रभावकारी रूपमा अघि बढाउने कदमका रूपमा हेरिएको छ।