प्रचण्डको पार्टी नेकपाले गर्यो बाढीपिडीतलाई २५ लाख सहयोग

२०८३ भदौ १४ गते

प्रचण्डको पार्टी नेकपाले गर्यो बाढीपिडीतलाई २५ लाख सहयोग

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्काल नगद २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

 

Advertisement:

Ad
Ad

पार्टीले  बाढीपीडितलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्रीसमेत तत्कालै सम्बन्धित प्रभावित जिल्लामा पठाउने तयारी  गरेको जनाएको छ।

 

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धार सहयोग पुर्‍याउने मुख्य उद्देश्यका साथ नगद तथा राहत सामग्री उपलब्ध गराउने निर्णय गरिएको हो।

 

रसुवा क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि विभिन्न संघ(संस्था, राजनीतिक दल तथा निजी क्षेत्रबाट राहत कोषमा सहयोग जुट्ने क्रम जारी छ।