प्रधानमन्त्री राहत कोषमा शुक्रबार रातिसम्म चार अर्ब ३८ करोड ८ लाख जम्मा

२०८३ भदौ १३ गते

प्रधानमन्त्री राहत कोषमा शुक्रबार रातिसम्म चार अर्ब ३८ करोड ८ लाख जम्मा

काठमाडौँ । रसुवाका बाढी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले सुरु गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम संकलन हुने क्रम जारी छ ।

 

Advertisement:

Ad
Ad

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबार रातिसम्म प्रधानमन्त्री राहत कोषमा रु चार अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ जम्मा भइसकेको छ । यो रकम नौ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली रकम हो । यस्तै थप दुईवटा बैंक हिमालयन र लक्ष्मीमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर (करिब १० करोड ३८ लाख रुपैयाँ नेपाली ) जम्मा भएको कार्यालयले जनाएको छ ।