प्रधानमन्त्रीले भोलि राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने,भोटेकोशी बाढीले निम्त्याएको क्षतिबारे विश्वको ध्यानाकर्षण गराउने

२०८३ असोज ०७ गते

प्रधानमन्त्रीले भोलि राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने,भोटेकोशी बाढीले निम्त्याएको क्षतिबारे विश्वको ध्यानाकर्षण गराउने

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहले भोलि महासभालाई सम्बोधन गर्ने भएका छन् ।

 

Advertisement:

Ad

महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् ।प्रधानमन्त्री शाहले विश्व समुदायमाझ भदौ १० गते भोटेकोशी बाढीले निम्त्याएको विपत् र त्यसको क्षतिपूर्तीका विषयमा आफ्नो दमदार आवाज पेश गर्नेछन् ।

 

प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

 

प्रधानमन्त्रीको सम्मानमा आजै राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले आयोजना गर्ने समारोहमा पनि प्रधानमन्त्री शाह सहभागी हुनेछन्।

 

प्रधानमन्त्री शाह असोज ९ गते न्यूयोर्कबाट कतारको दोहा प्रस्थान गर्नेछन्। उनी असोज १० गते स्वदेश फर्कनेछन्।