२०८२ साउन ०७ गते
काठमाडौँ । बिमा प्राधिकरणका सञ्चालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । सोमबार उनले अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजीनामा बुझाएकी हुन् । मन्त्रालयले उनको राजीनामा स्वीकृत समेत गरिसकेको छ ।
अहिले प्राधिकरणका अध्यक्ष शरद ओझाको शैक्षिक योग्यतामाथि छानबिन भइरहेको समयमा ओझापछि नियुक्त भएकी पोखरेलले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पोखरेल चैत १ गते बिमा प्राधिकरणको सञ्चालक नियुक्त भएकी थिइन् ।
तर, पोखरेलले भने आफ्नो पारिवारिक र व्यक्तिगत स्वास्थ्यको कारणले राजीनामा दिएको बताएकी छिन् ।
उनको राजीनामासँगै प्राधिकरण सञ्चालक समिति तीन सदस्यमा सीमित भएको छ । अध्यक्ष सेबन्तक पोखरेल बाहेक अहिले प्राधिकरणमा कानुन मन्त्रालयबाट मानबहादुर अर्याल र बीमितबाट सन्तोष रिजाल मात्रै सदस्य रहेका छन् ।
प्रतिक्रिया