राहुघाट जलविद्युत् आयोजना सम्पन्न, कुलमानले भने- ‘गौरवको क्षण’

२०८३ असोज १० गते

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, कुलमानले भने- ‘गौरवको क्षण’

काठमाडौँ । म्याग्दीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ।

 

Advertisement:

Ad

आयोजनाका पूर्वनिर्देशकसमेत रहेका विद्युत प्राधिकरणका पूर्व कार्यकार िनिर्देशक कुलमान घिसिङले आयोजना सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै यसलाई दृढ संकल्प, संस्थागत प्रतिबद्धता र सामूहिक प्रयासको सफल उदाहरण भएको बताएका छन्। उनका अनुसार विभिन्न चुनौतीका कारण समस्याग्रस्त बनेको पुरानो ठेक्का अन्त्य गरी आयोजनाको क्षमता ३२ मेगावाटबाट ४० मेगावाट पुर्‍याइएको थियो।

 

भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमार्फत निर्माण भएको आयोजना सम्पन्न गर्न योगदान गर्ने कर्मचारी, प्राविधिक, निर्माण व्यवसायी, स्थानीय समुदाय, लगानीकर्ता तथा सरोकारवालालाई उनले धन्यवाद तथा बधाई दिएका छन्।