नुवाकोट र रसुवाका बाढी प्रभावितलाई राष्ट्रिय व्यवसायी महासंघको राहत

२०८३ भदौ १९ गते

नुवाकोट र रसुवाका बाढी प्रभावितलाई राष्ट्रिय व्यवसायी महासंघको राहत

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बाढी तथा पहिरोबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको छ।

महासंघको नेतृत्वमा गएको टोलीले बाढीबाट प्रभावित परिवार तथा स्थानीयवासीलाई खाद्यान्नलगायत आवश्यक राहत सामग्री वितरण गरेको हो। प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको क्षेत्रमा पीडितको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले राहत वितरण गरिएको महासंघले जनाएको छ।

Advertisement:

Ad
Ad

महासंघका प्रतिनिधिहरूले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै बाढीबाट भएको क्षति तथा स्थानीयवासीले भोगिरहेका समस्याबारे समेत जानकारी लिएका थिए। विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु व्यवसायी समुदायको सामाजिक दायित्वसमेत भएकाले राहत अभियान सञ्चालन गरिएको महासंघले जनाएको छ।

महासंघले आगामी दिनमा पनि बाढी प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।