समता घरेलु लघुवित्तको लाभांश घोषणा

२०८२ मंसिर २८ गते

समता घरेलु लघुवित्तको लाभांश घोषणा

काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले गत आर्थिक वर्षमा कमाएको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

संस्थाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। साथै, बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश पनि प्रदान गरिनेछ।

Advertisement:

Ad
Ad

मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सोहीअनुसार लाभांश वितरण गरिने लघुवित्तले जनाएको छ।