२०८२ असोज ०९ गते
काठमाडौँ । सरकारले सरकारी भौतिक संरचनाको बीमा सुरु गर्ने निर्णय गरेको छ। असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकले बीमा प्रक्रिया थालनी गर्ने निर्णय गरेपछि, अर्थ मन्त्रालयले असोज ७ मा जारी परिपत्रमार्फत खर्च कटौती र मितव्ययिताका सन्दर्भमा यसलाई समेटेको हो।
जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत, प्रधानमन्त्री कार्यालय, संसद भवन, सिंहदरवार लगायतका सरकारी संरचनामा क्षति पुगेपछि बीमा आवश्यक देखिएको हो। निजी भवन तथा व्यवसायिक सम्पत्तिमा पनि ठूलो क्षति भएकाले सरकारले सार्वजनिक संरचनाको सुरक्षाका लागि बीमा प्रक्रिया अघि बढाएको हो।
प्रतिक्रिया