व्यक्तिगत रुपमा सरकारलाई एक करोड ९ लाख दिने महिला को हुन् ?

२०८३ भदौ १२ गते

व्यक्तिगत रुपमा सरकारलाई एक करोड ९ लाख दिने महिला को हुन् ?

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्तिगत रुपमा ठूलो रकम सहयोग गर्ने महिलाको यतिखेर चर्चा परिचर्चा भइरहेको छ । दैवी प्रकोप उद्धार कोषमा एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने महिला राजी राणा हुन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो ।

 

Advertisement:

Ad
Ad

व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया हुन् । राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझे ।

 

सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरे ।

 

राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गरेकी छन् । अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा सो रकम बराबरको सहयोग गर्ने प्रतिबद्धता उनले गरेकी छन् ।