२०८३ साउन २० गते
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।
कारोबार अवधिभर उतारचढाव देखिएको बजार अन्त्यमा ४.७९ अंक (०.१८ प्रतिशत) ले बढ्दै २,६६७.९७ बिन्दु मा पुगेको हो। दिनभरमा ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँभन्दा बढी बराबरको कारोबार भएको छ भने १ करोड ६ लाख ७ हजार ७३२ कित्ता शेयर किनबेच भएको छ।
बजारमा कुल १२२ कम्पनीको शेयर मूल्य बढ्दा १४३ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको देखिन्छ। बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनी बढी भए पनि ठूला कम्पनीमा आएको सुधारका कारण समग्र नेप्से भने हरियाली छाएर बन्द भएको हो।
बुधबारको कारोबारले बजार बन्द हुँदा लगानीकर्ताको मनोबल सामान्य सकारात्मक देखिए पनि अधिकांश कम्पनीको मूल्यमा दबाब कायम रहेको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया