शितलनिवासमा लफडा : सुरक्षा व्यवस्था कडा,राष्ट्रपतिसँग जेनजीको छलफल सोमबारलाई सर्यो

२०८२ असोज २५ गते

शितलनिवासमा लफडा : सुरक्षा व्यवस्था कडा,राष्ट्रपतिसँग जेनजीको छलफल सोमबारलाई सर्यो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको आज हुने भनिएको छलफल सोमबारलाई सारिएको छ । राष्ट्रपति कार्यालयले पत्र काटेर डाकिएको जेनजी प्रतिनिधीहरु शितलनिवास प्रवेश गरेपछि अन्य जेनजीहरुलाई उपस्थित नगराएको भन्दै असनतुष्ट जेनजीहरुले शितलनिवास बाहिर नाराबाजी गरेका छन् । नाराबाजी पछि राष्ट्रपति अस्वस्थ भएको भन्दै आजको छलफल सोमबारलाई सारिएको हो ।  

 

Advertisement:

Ad
Ad

राष्ट्रपति कार्यालयले छलफलका लागि मिराज ढुंगाना,सुदन गुरुङ,प्रवेश दाहाल,रक्षा बम,पुरुषोत्तम यादव लगायत २० जनालाई पत्र पठाएर छलफलका लागि आह्वान गरेको थियो । सोही बमोजिम जेनजीहरु शितलनिवास पुगेका थिए । तर अरु जेनजी प्रतिनिधीहरु आफूलाई छलफलमा नडाकिएको भन्दै विवाद बढेपछि राष्ट्रपतिले आज गर्ने भनिएको छलफल स्थगित भएको हो । अब सोमबार दिउसो ३ बजे राष्ट्रपति र जेनजी प्रतिनिधिबिच छलफल हुने राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । 

 

शीतलनिबास परिसरमा जेनजीहरु नाराबाजीमा उत्रिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।