सिद्धार्थ बैंकको आकर्षक गाडी कर्जा योजना, ०.५ प्रतिशत मात्रै प्रोसेसिङ शुल्क

२०८३ भदौ १४ गते

सिद्धार्थ बैंकको आकर्षक गाडी कर्जा योजना, ०.५ प्रतिशत मात्रै प्रोसेसिङ शुल्क

काठमाडौं । नाडा अटो शो २०२६ लाई लक्षित गर्दै सिद्धार्थ बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले कम प्रोसेसिङ शुल्क र प्रतिस्पर्धी ब्याजदरमा गाडी खरिदका लागि कर्जा उपलब्ध गराउने योजना ल्याएको हो ।


बैंकको योजनाअनुसार नाडा अटो शो विशेष अफरअन्तर्गत १ महिनासम्म चल्ने उक्त अटो लोनमा वार्षिक ५.९६ प्रतिशत ब्याजदर र ०.५ प्रतिशत प्रोसेसिङ शुल्क तोकिएको छ । बैंकको अनुसार यो सुविधा नयाँ तथा पुराना दुवै सवारीसाधन खरिदका लागि उपलब्ध हुने अटो लोन योजनासँग सम्बन्धित छ ।

Advertisement:

Ad
Ad

 

सिद्धार्थ बैंकका अनुसार व्यक्तिगत ग्राहकले सवारीसाधनको इनभ्वाइस मूल्यको अधिकतम ६० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । विद्युतीय सवारीसाधनका लागि पनि अधिकतम ६० प्रतिशतसम्म कर्जा उपलब्ध हुने व्यवस्था छ । त्यस्तै, पुराना सवारीसाधन खरिद गर्दा अधिकृत मूल्यको ६० प्रतिशतसम्म कर्जा लिन सकिने बैंकले जनाएको छ । कर्जाको भुक्तानी अवधि अधिकतम सात वर्षसम्म कायम गर्न सकिनेछ भने मासिक किस्ताबन्दी  मार्फत कर्जा चुक्ता गर्न सकिने व्यवस्था छ ।

 

नाडा अटो शो २०२६ अगस्ट २५ देखि ३० तारिखसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ । शोमा गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै बैंकले ल्याएको यो योजनाले सवारीसाधन खरिदको वित्तीय व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

 

विशेषगरी गाडी खरिद गर्दा सुरुवाती लागत तथा कर्जा प्रक्रियामा लाग्ने शुल्क कम गर्न चाहने ग्राहकका लागि ०.५ प्रतिशतको प्रोसेसिङ शुल्क आकर्षक मानिएको छ । बैंकको नियमित ट्यारिफमा निजी तथा व्यावसायिक अटो लोनको प्रोसेसिङ शुल्क ०.७५ प्रतिशत रहेको देखिन्छ, जबकि नाडा विशेष अफरमा ०.५ प्रतिशत शुल्क कायम गरिएको छ ।

 

कर्जा लिन इच्छुक ग्राहकले आम्दानीको स्रोत खुल्ने कागजात, बैंक खाता तथा ऋण विवरण, नागरिकता वा पासपोर्टलगायत आवश्यक कागजात पेश गर्नुपर्नेछ । व्यवसायी ग्राहकका लागि कम्पनीरफर्म दर्ता, प्यानरभ्याट तथा वित्तीय विवरणलगायत थप कागजात आवश्यक पर्न सक्ने बैंकले जनाएको छ ।