२०८२ फागुन २५ गते
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मूख्य अगुवा मानिएका सुदन गुरुङ जितको नजिक पुगेका छन् । मतगणना चलिरहँदा गोरखा-१बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष उम्मेदवारमा उठेका सुदन गुरुङले २४हजार ५१ मत प्राप्त गरिरहँदा दोस्रोमा रहेका प्रेमकुमार खत्रीले १३हजार ५ सय ११ मत प्राप्त गरेका छन् ।त्यस्तै तेस्रोमा नेपाली कम्युनिष्ट पार्टीबाट हरिराज अधिकारीले १०हजार दुईसय मत प्राप्त गरेका छन् ।
गुरुङले रास्वपाले समानुपातिक सूचिमा नाम राखेकोमा हटाएर आफू प्रत्यक्षमा लड्ने उद्घोष गरेका थिए । फागुन २१गते सम्पन्न निर्वाचनको प्रत्यक्ष उम्मेदवारतर्फ अधिकांश स्थानको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फको कुल १६५स्थान मध्ये १६२ स्थानको मतपरिणाम आइसकेको छ । बाँकी ३ निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी छ ।
प्रतिक्रिया