नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घट्यो, कति पुग्यो ?

२०८३ साउन २९ गते

नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घट्यो, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला ४ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ९० रुपैयाँले सस्तो भएको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार यही सुन ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement:

Ad
Ad


त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य समायोजनको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन् ।