स्वास्थ्यमन्त्री मिश्राको नाममा विवाद, रहेन मन्त्री बन्ने सम्भावना

२०८२ असोज ०६ गते

स्वास्थ्यमन्त्री मिश्राको नाममा विवाद, रहेन मन्त्री बन्ने सम्भावना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीका लागि हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका मन्त्रीहरुको आज दिउसो तीन बजे शपथ हुने भएको छ ।

 

Advertisement:

Ad
Ad

प्रधानमन्त्री कार्कीले महावीर पुन, मदन परियार, जगदीश खरेल र अनिल सिन्हाको नाम मन्त्री नियुक्तिका लागि सिफारिस गरेकी थिइन्। प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रीमा पूर्व अतिरिक्त स्वास्थय सचिव डा. स‌ंगीता मिश्राको नाम सिफारिस गरेपनि मिश्रा विवादमा परेपछि मन्त्री हुने सम्भावना नरहेको बताइएको छ ।

 

सिफारिस गरिएका नामहरूमा पुनले शिक्षा तथा विज्ञान प्रविधि, परियारले कृषि, खरेलले सञ्चार र सिन्हाले उद्योग मन्त्रालय सम्हाल्ने बताइएको छ ।