थानकोटदेखि धुलिखेलसम्म मेट्रो रेल चलाउने गरी मास्टर प्लान तयार हुँदै

२०८३ असार ०५ गते

थानकोटदेखि धुलिखेलसम्म मेट्रो रेल चलाउने गरी मास्टर प्लान तयार हुँदै

काठमाडौँ ।सरकारले थानकोटदेखि धुलिखेलसम्म मेट्रो रेल चलाउने गरी मास्टर प्लान तयार गर्ने भएको छ ।बिहीबार संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लम्सालले यस्तो बताएका हुन् ।साथै उनले हाललाई महाराजगन्ज रिंगरोड हुँदै चलाउने भनिएको मेट्रो रेल निर्माणको योजना स्थगित गरेको जनाए। 

 

Advertisement:

Ad
Ad

बिहीबार संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले छोटो दुरी भएकै कारण काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरिएको बताएका हुन्।  सरकारको रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले मेट्रो रेल निर्माणको लागि विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार पार्न प्रस्ताव आह्वान समेत गरिसकेको थियो ।

 

यो मेट्रो रेल नारायण गोपाल चोकबाट सुरु भएर चाबहिल, कोटेश्वर, सातदोबाटो, र रत्नपार्क हुँदै पुन:नारायण गोपाल चोकसम्म नै पुग्ने प्रस्ताव थियो। यस रेल मार्गको लम्बाई २७.५ किलोमिटर प्रस्ताव गरिएको थियो। आयोजनाले  यस मार्गको विस्तृत आयोजना प्रतिवेदन DPR तयार पार्नका लागि अन्तर्राष्ट्रिय परामर्शदाता international consult बाट १५ मे २०२६ मा आह्वान गरेको हो। आवेदन दिने अन्तिम मिति १५ जुन २०२६, दिउँसो १२ बजेसम्म रहेको थियो। तर आवेदनको मिति नै नसकिंदै मन्त्री लम्सालले यो योजना स्थगित गरिएको बताएका हुन् ।

 

सो परियोजना काठमाडौं उपत्यकाको लाइन १ र लाइन ३ को केही भागलाई समेट्ने लूप (वृत्ताकार) मार्ग थियो। यसमा २२ वटा स्टेसन (सामान्य र ट्रान्सफर)हुने प्रस्ताव गरिएको थियो । परियोजनामा elevated र भूमिगत underground दुवै प्रकारका संरचना रहने गरि टनेल, भियाडक्ट, र्याम्प आदि समावेश रहने प्रस्ताव गरिएको थियो।

 

अब भने सो योजना स्थगित भएको हो। मन्त्री लम्सालका अनुसार अब लामो दुरीको मेट्रो रेलको योजना अध्ययन गरिने छ। उनले थानकोटदेखि धुलिखेलसम्म नै मेट्रो रेल चलाउने गरि ट्रान्सपोर्टेसन मास्टर प्लान तयार पर्ने काम भईरहेको जानकारी दिए । उनले यहि आर्थिक वर्ष भित्र नै मास्टर प्लान तयार पारेर पारित गरिने र फेरी विस्तृत आयोजना प्रतिवेदन DPR तयार पार्न प्रस्ताव आह्वान गरिने बताए । उनका अनुसार मास्टर प्लानमा १५० किलोमिटर मेट्रो रेल संचालनको हुने गरि योजना समावेश गरिन लागिएको छ।