जेनजी,सरकार र राजनीतिक दलहरूबीच वार्ता सुरु, को-को छन् सहभागी ?

२०८२ कात्तिक १२ गते

जेनजी,सरकार र  राजनीतिक दलहरूबीच वार्ता सुरु, को-को छन् सहभागी ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ ।  

 

Advertisement:

Ad
Ad

आसन्न निर्वाचनको माहोल बनाउन र यसमा जेनजी सहित दलहरुको धारणा सुन्न प्रधानमन्त्रीको आह्वानमा राजनीतिक दल र जेनजी पुस्ताबीच वार्ता भएको हो ।

 

बैठकमा प्रधानमन्त्रीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिल सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन्।त्यस्तै राजनीतिक दलबाट प्रतिनिधित्व गर्नेहरुमा नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत सहभागी रहेका छन् ।

 

यता जेनजी पुस्ताबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी रहेका छन्।यो त्रिपक्षीय संवादले शान्ती कायम गर्दै निर्वाचनको माहोल तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सरकारको छ ।