त्रिशुली थ्रि एको सुरुङभित्रबाट एकभन्दा धेरै मानिसहरुको आयो आवाज, सेनासँग दोहोरो संवाद भएको पुष्टि

२०८३ भदौ १९ गते

त्रिशुली थ्रि एको सुरुङभित्रबाट एकभन्दा धेरै मानिसहरुको आयो आवाज, सेनासँग दोहोरो संवाद भएको पुष्टि

काठमाडौँ

त्रिशुली थ्रि ए हाइड्रोको सुरुङभित्रबाट मानिसहरुको आयो आवाज, सेनासँग दोहोरो संवाद
काठमाडौँ । भोटेकोशी बाढीमा परी क्षतिग्रस्त त्रिशुली थ्रि ए हाइड्रोभित्रबाट मानिसको आवाज आएको उद्दाररत  सेनाले जानकारी दिएको छ । उद्दारमा खटिएका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सो आवाजपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।

Advertisement:

Ad
Ad


'सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो।हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ।',न्यौपानेले भने । अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु।