गृहमन्त्रीले भने : हामी त्रिशुली ३ए सुरुङको माथिल्लो भागमा पुग्न सफल भयौं,अव प्वालबाट हावा पठाउँछौँ

२०८३ भदौ १३ गते

गृहमन्त्रीले भने : हामी त्रिशुली ३ए सुरुङको माथिल्लो भागमा पुग्न सफल भयौं,अव प्वालबाट हावा पठाउँछौँ

काठमाडौं । रसुवा बाढीका कारण त्रिशूली ३ ए सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मीहरूको टोली सुरुङको माथिल्लो भागसम्म पुगेका छन् ।

गृहमन्त्री सुधन गुरुङले उद्धारकार्यको अपडेट दिँदै उक्त जानकारी दिएका हुन् ।

Advertisement:

Ad
Ad


सुरुङको माथिल्लो भागसम्म पुगेर सानो प्वालबाट हावा पठाउन सुरु गरेको जानकारी उनले दिएका छन् । उनका अनुसार त्यहाँबाट खनेर उद्धारटोली भित्र पठाउने योजना छ ।


उनले सामाजिक सञ्जालमा शनिबार बेलुकी लेखेका छन्, 'हामी सुरुङको माथिल्लो भाग सम्म पुग्न सफल भएका छौं । हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौं ।'