उद्योगमन्त्री यादवले दिइन् राजीनामा

२०८३ भदौ २५ गते

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिए।

बुधबार संसदीय समितिको बैठकमा ग्यास अभावका लागि उद्योगीलाई दोष दिँदै ‘पाता कस्नुपर्ने’ तथा सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने अभिव्यक्ति दिएपछि मन्त्री यादव विवादमा परेकी थिइन्।

उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए।

Advertisement:

Ad
Ad

यसैबीच काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव कायमै छ। उपभोक्ता घण्टौँ लाइन बस्न बाध्य छन् भने कतिपयले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँको ग्यासलाई ३ हजार रुपैयाँसम्म तिर्नुपरेको छ। पछिल्लो समय कृष्णभिरको सडक अवरुद्ध हुँदा ग्यास ढुवानी थप प्रभावित बनेको छ।