युनाइटेड इदिमर्दीको लाभांश घोषणा, सेयरधनीलाई ५.२६ प्रतिशत

२०८३ भदौ २६ गते

युनाइटेड इदिमर्दीको लाभांश घोषणा, सेयरधनीलाई ५.२६ प्रतिशत

काठमाडौं । युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

Advertisement:

Ad
Ad

कम्पनीले घोषणा गरेको लाभांशमा ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश रहेको छ। लाभांश वितरणका लागि नियामक निकायबाट स्वीकृति तथा आगामी साधारणसभाबाट पारित हुनुपर्नेछ।

 

युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावरले ७ मेगावाट क्षमताको माथिल्लो मादी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।