२०८२ मंसिर ०८ गते
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले २०८२ साल असार ९ गते प्रकाशित नेपाल राजपत्रमार्फत नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो ६) लागू गरिसकेपछि नयाँ मापदण्ड सम्बन्धी प्रावधान औपचारिक रूपमा कार्यान्वयनमा आइसकेको छ।
यससँगै, अर्थ मन्त्रालयले गत असोज १० गते प्रकाशित राजपत्रमार्फत युरो ६ मापदण्ड लागू हुनु अघि प्रोफर्मा इनभ्वाइस भइसकेका सवारी साधन तथा नेपालमै एसेम्बलर उत्पादन हुने सवारी साधन—सहित तिनका उत्पादनका लागि आवश्यक पार्टपूर्जा—मङ्सिर १५ गतेसम्म पुरानै मापदण्डअनुसार आयात गर्न सकिने व्यवस्था गरेको छ।
उक्त प्रावधानअनुसार तोकिएको अवधि भित्र बाँकी रहेका सवारी साधनहरूको भन्सार जाँचपास गर्न नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)ले आयातकर्ताहरूसँग अनुरोध गरेको छ।
नाडाका अनुसार, सो व्यवस्था सुनिश्चित गर्न वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक पत्राचार एवं पहल गरिसकिएको पनि जानकारी गराइएको छ।
प्रतिक्रिया