२०८२ असार ०९ गते
काठमाडौँ । नेपालको पूर्वी नवलपरासीमा आगामी सय वर्षसम्मलाई नेपालको आवश्यकता पुरा गर्ने क्षमताको फलाम खानी फेला परेको छ । धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा ड्रिलिङ तथा फलाम खानीको सम्भाव्यता अध्ययनका क्रममा उक्त खानी रहेको तथ्य पुष्टि भएको हो । यसबारे उत्खनन गर्ने कम्पनीले नेपाल सरकारलाई जानकारी गराएको छ ।
कम्पनीले एक सय वर्षका लागि पुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन गर्न सकिने जानकारी गराएको छ । नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलाम÷स्टिल उत्पादन गर्न सकिने कम्पनीको भनाइ छ ।
यसैबीच प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलाम÷स्टिल उत्पादान गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिएका छन् । सो कार्यका लागि स्रोत, साधन र कानुनी सहजीकरणका लागि सरकारले सबै प्रबन्ध गर्ने स्पष्ट गरे ।
प्रतिक्रिया