एकै दिन तोलामा ५ हजारले बढ्यो सुन, कतिमा हुँदैछ आज कारोबार?

२०८२ जेठ ०७ गते

एकै दिन तोलामा ५ हजारले बढ्यो सुन, कतिमा हुँदैछ आज कारोबार?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य एकैचोटी तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

 

Advertisement:

Ad
Ad

बुधबार छापावाल सुनको मूल्य बढेर १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ९० रुपैयाँ पुगेको हो ।