नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

२०८२ भदौ १९ गते

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दज्र्यानी चिह्न लगाइदिएका हुन्। 
दज्र्यानी चिह्नग्रहणानपछि आईजीपी खापुङले गृहमन्त्रालयले सुिम्पएको जिम्मेवारी निष्ठा,पेसागत अनुशासन र पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

उनले भने,‘नेपाल सरकार,गृहमन्त्रालयले मलाई सुिम्पएको यो जिम्मेवारी मेरो निष्ठा,पेसागत अनुशासन,पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त चाहन्छु ।’
 

Advertisement:

Ad
Ad

उनले प्रहरी जस्तो प्रवित्र सेवालाई आफ्नो स्वइच्छाले रोजेर प्रारम्भ गरेको आफ्नो तीन दशक लामो संघर्षको स्मरण समेत गरे । उनले आजै प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी छ । सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन् ।