आइएमई मोर्टसले ९ महिनामै गर्यो २ अर्ब २१ करोडको व्यापार

२०८२ साउन २५ गते

आइएमई मोर्टसले ९ महिनामै गर्यो २ अर्ब २१ करोडको व्यापार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई मोर्टसले आर्थिक  वर्ष  २०२५ को  ९ महिनामै  २ अर्ब २१ करोड रुपैयाँ बरारको व्यापार गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले उक्त व्यापार गरेको देखिएको हो । कम्पनीले  तीन अर्ब २५ करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनमा लागि रेटिङ गराएको हो ।

Advertisement:

Ad

कम्पनीले यसअघि आव २०२४ मा दुई अर्ब ३४ करोड, आव २०२३ मा एक अर्ब ७५ करोड र आव तीन अर्ब १४ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो ।

साथै, कम्पनीले २०२२ मा दुई अर्ब ३७ करोड र आव २०२१ मा एक अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो । यो कम्पनी भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरण कम्पनीको रुपमा रहेको छ ।

कम्पनीले अशोक लेल्याण्डका सम्पूर्ण कमर्सियल भेहिकलमा बस, इन्टरमिडिएट कमर्सियल भेहिकल्स आइसिभिएस, लाइट कमर्सियल भेहिकल्स एलसिभिएस्, मिडियम  कमर्सियल भेहिकल्स एमसिभिएस, ट्रक र टिपरहरू नेपाल आयात गरेर व्यापार गर्छ ।