सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो व्यानर

२०८२ जेठ २९ गते

सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो व्यानर

काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दैे काठमाडौँको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।
उनीहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागू गर,सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
व्यवसायीहरुले देशभरका आफ्ना पसलमा कालो व्यानर राखेर कतिपय ठाउँमै पसल नै बन्द समेत गरेका छन् । उनीहरुले आजै जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र समेत बुझाएका छन् । 

Advertisement:

Ad
Ad