आफ्नौ निर्णयबाट ब्याक भयो सरकार, अब घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य नचाहिने

२०८२ जेठ २५ गते

आफ्नौ निर्णयबाट ब्याक भयो सरकार, अब घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य नचाहिने

काठमाडौ । घरजग्गा कारोबारमा कडाई गर्दै नयाँ निर्देशिका ल्याएको सरकार आफ्नो निर्णयबाट एक साता नपुग्दै ब्याक भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले ६ दिन अगाडी जारी गरेको निर्देशिका संसोधन गर्दै कडाईबाट पछि हटेको हो ।

विभागले सम्पत्ति शुद्धीकरण  (मनी लाउन्डरिङ) र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी रोक्न भन्दै गरेको व्यवस्थामा केही हेरफेर गरेको हो । अब घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य नचाहिने भएको छ ।  घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट  अनिवार्य चाहिने व्यवस्था गरेको थियो ।

Advertisement:

Ad
Ad

विभागले खरिदकर्ता, बिक्रीकर्ता र एजेन्ट कम्पनीको सञ्चालकले अनिवार्य रूपमा केवाईसी फाराम भर्नुपर्ने र बैंक स्टेटमेन्ट हुनुपर्ने व्यवस्था  हटाएको हो। यस्तै घरजग्गा खरिद–बिक्री गर्ने खरिदकर्ता वा बिक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी ३ करोड वा सो भन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गरेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्ने व्यवस्थालाई एक करोड रुपैयाँमा झारेको छ ।