२०८२ जेठ १५ गते
काठमाडौ । सरकारले आगामी आर्थिक बर्षभित्र लगत संकलन गरी ५ लाखलाई जग्गाधनी पुर्जा उपलब्ध गराउँने भएको छ । भुमि सम्बन्धी कानुनलाई संसोधन गरी स्थायी रुपमा समस्या समाधान गरीने अर्थमन्त्री विष्ण पौडेलले बताएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसदको दुबै सदनमा प्रस्तुत गर्दै सुकुम्बासी समस्या समाधा न गरिने बताएका हुन् । यस्तै आगामी आर्थिक वर्षमा कम्तीमा १०० स्थानीय तहमा भुमि बैंक बनाइने भनिएको छ । भुमि व्यवस्था तथा गरिब निवारण मन्त्रालयले ७ अर्ब ४९ करोड रुपैयाँ बजेट पाएको छ ।
प्रतिक्रिया