आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउँने, विदेशीलाई प्रविधि तथा ज्ञान हस्तान्तरण गरेवापत स्वेट सेयर पनि लिन पाइने

२०८२ जेठ १५ गते

आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउँने, विदेशीलाई प्रविधि तथा ज्ञान हस्तान्तरण गरेवापत स्वेट सेयर पनि लिन पाइने

काठमाडौ । सरकारले बार्षिक आम्दानीको २५ प्रतिशतसम्म लगानी विदेशमा गर्न पाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णू पौडेलले आगामी बर्षको बजेट वाचन गर्दै नेपाली व्यवसायी वा कम्पनीलाई  विदेशमा बिक्रि शाखा वा अर्ध प्रशोधित कारखाना स्थापना गर्न अनुमति दिइने उल्लेख गरेका छन् ।

यसका लागि निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म लगानी गर्न सकिने बनाइन लागेको हो । विदेशमा गरिने लगानीको स्विकृति भने लगानी बोर्डले गर्ने व्यवस्था हुनेछ । नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा ज्ञान सेवा उपलब्ध गराएवापत  स्वेट सेयर लिन पाउने गरी कानुनी व्यवस्था गरिने बताइएको छ । 
 

Advertisement:

Ad
Ad