२०८२ जेठ १३ गते
काठमाडौ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुन अब २ दिन बाँकी छ । नयाँ बजेट आउँनै लाग्दा सरकार करिब सवाँ २ खर्ब बजेट घाटामा देखिएको छ । चालु आर्थिक वर्षको जेठ १३ गतेसम्म सरकारको आम्दानी भन्दा खर्च सवाँ २ खर्बले बढी देखिएको छ ।
यतिबेलासम्म ११ खर्ब ९९ अर्ब १७ करोड बजेट खर्च गरेको सरकारको आम्दानी भने ९ खर्ब ८५ अर्ब ३३ करोड रुपैयाँमात्र भएको छ । खर्च र आम्दानीको तामेल नमिल्दा बजेट घाटा २ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । सरकारको राजस्वले धान्न नसक्ने खर्चको आकारलाई बजेट घाटा भनिन्छ ।सरकारले राजस्वबाट मात्र ९ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ उठाएको छ । यस्तै अनुदानबाट १६ अर्ब ३६ करोड रुपैयाँ उठाएको छ भने अन्य प्राप्तिबाट ११ अर्ब ४४ करोड रुपैयाँ उठाएको छ ।
यता सरकारले कर्मचारीको तलबभत्ता लगायतमा ८ खर्ब ३ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको छ । यस्तै विकास खर्च भनेर चिनिने पुँजीगत अर्ब १ खर्ब २९ अर्ब रुपैयाँ भएको छ । यस्तै वित्तिय खर्च २ खर्ब ६६ अर्ब रुपैयाँ भएको छ । यो तिनवटै शिर्षकको खर्च जेठको १३ दिनमै ४१ अर्ब २८ करोड रुपैयाँ भएको छ ।
सरकारले चालु आर्थिक वर्ष (२०८१/०८२) मा १८ खर्ब ६० अर्बको बजेट ल्याएपनि मध्यावधी समिषामार्फत बजेटको आकार घटाइएको थियो । अर्धवार्षिक समीक्षामार्फत १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख खर्च हुने संशोधित अनुमान छ। यो रकम सुरू विनियोजनको ९० दशमलव ९९ प्रतिशत हो।
प्रतिक्रिया