आजबाट आयकरको नयाँ दर कार्यान्वयनमा , कति कमाउनेले राज्यलाई कति बुझाउनुपर्छ ?

२०८३ साउन ०१ गते

आजबाट आयकरको नयाँ दर कार्यान्वयनमा , कति कमाउनेले राज्यलाई कति बुझाउनुपर्छ ?

काठमाडौंँ । आर्थिक वर्ष २०८२/०८३ सकिएको छ । आज साउन १ गते (शुक्रबार) देखि आर्थिक वर्ष २०८३/८४ शुरू भएको छ । सरकारले  चालु आर्थिक वर्षको बजेट गत जेठ १५ गतेनै ल्याएको हो । सरकारको बजेट  आजबाट कार्यान्वयन शुरु भएको छ ।

 

Advertisement:

Ad
Ad

 सरकारले व्यापक हेरफेर गरेको व्यक्तिगत आयकर, भन्सार, अन्तःशुल्क, हरित कर तथा विद्युतीय सवारीसाधन  सम्बन्धी कर आजबाट कार्यान्वयनमा आएको छ । अब १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयकरमा १ प्रतिशत कर तिरे पुग्छ । यसअघि १ लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत कर लाग्दै आएको थियो ।  आयकरको माथिल्लो सिमा   ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ । यो व्यवस्था आजैबाट लागु भएको छ । 

 

यस्तै १० देखि १५ लाख रुपैयाँसम्म १० प्रतिशत, १५ देखि २५ लाख रुपैयाँसम्म २० प्रतिशत, २५ देखि ४० लाख रुपैयाँसम्म २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी आयमा २९ प्रतिशत कर लाग्नेछ ।