सुनसरीमा यात्रुवाहक माइक्रोबस दुर्घटना, चालकसहित १२ जना घाइते

२०८३ असोज ०८ गते

सुनसरीमा यात्रुवाहक माइक्रोबस दुर्घटना, चालकसहित १२ जना घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको यात्रुवाहक माइक्रोबस आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

 

Advertisement:

Ad

दुर्घटनामा माइक्रोबस चालक सप्तरी कञ्चनरूप नगरपालिका–११ का ३२ वर्षीय आर्यन पोखरेलसहित सोही जिल्लाका विभिन्न स्थानका ११ जना यात्रु घाइते भएका छन्। घाइते हुनेमा कञ्चनरूप नगरपालिका–११ का ७० वर्षीय दनसलाल चौधरी, वडा नं. १ का ४३ वर्षीय गोविन्द गुप्ता, वडा नं. १२ का ५१ वर्षीय बलराम पौडेल, वडा नं. ११ की २१ वर्षीया माया भुजेल, ६० वर्षीय असरफी खङ, ३० वर्षीया सुनिता खङ, वडा नं. ६ की ३० वर्षीया पूजा चौधरी, फत्तेपुर नगरपालिका–१ की ३६ वर्षीया उर्मिला भुजेल, २१ वर्षीया उशा भुजेल, कञ्चनरूप नगरपालिका–१ की ४७ वर्षीया राधा नेपाल र वडा नं. ६ का ४० वर्षीय देवाकान्त चौधरी रहेका छन्।

 

दुर्घटनामा घाइते भएकाहरुको सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये बलराम पौडेल उपचारपछि बिहीबार बिहान ९ः३० बजे डिस्चार्ज भइसकेका छन्। माइक्रोबस अनियन्त्रित हुनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।