२०८२ जेठ ३० गते
काठमाडौँ । भारतको अहमदाबादमा बिहीबार भएको दुर्घटनाग्रस्त बोइङ ७८७ विमान बनाउने अमेरिकी कम्पनी ड्रीमलाइनरको पहिलो दुर्घटना हुन पुगेको छ । २६५ जनाको ज्यान जाने गरी दुर्घटनामा परेको एयर इन्डियाको जहाज ड्रीमलाइनर कम्पनीकै उत्पादन हो । सन् २०११ मा व्यावसायिक रूपमा उडान सुरुवात भएदेखि बोइङ ७८७ ड्रीमलाइनरसँग सम्बन्धित यो पहिलो घातक दुर्घटना भएको कम्पनीले जनाएको भारतीय सञ्चार माध्यम न्यूज एटिनले जनाएको छ । बोइङका अनुसार, यो कम्पनीमा १,१७५ भन्दा बढी ड्रीमलाइनरहरू सेवामा छन्, जसले प्रत्येक दिन २,१०० उडानहरू गर्दछन्।
२४२ जना सवार ड्रीमलाइनरको एअर इण्डिया जहाज जसमा २३२ यात्रु र १० जना चालक दलका सदस्य थिए । विमान लन्डन ग्याटविक जाँदै थियो । उडान भरेको ३० सेकेण्डमै विमान आकाशमा उचाई लिनुको साटो जमिनमा तल बजारिएको थियो । विमान नजिकैको मेडिकल कलेजमा रहेको डाक्टरहरूको होस्टेलमा ठोक्कियो, जसबाट होस्टलमा रहेका २३ जना विद्यार्थीको मृत्यु हुन पुगेको थियो ।
बिहीबारसम्म, लामो दूरीको उडानका लागि राम्रो ख्याती कमाएको बोइङ ७८७ ले एक दशकभन्दा बढी समयसम्म कुनै पनि घातक दुर्घटना बिना उडान भरेको थियो। इन्धन कम खपत गर्ने, हल्का, प्राविधिक रूपमा उन्नत विमानको रूपमा सुरु गरिएको, ड्रीमलाइनर बोइङको इन्जिनियरिङ पाटो पनि अत्यन्त राम्रो रहेको मानिन्थ्यो। त्यो रेकर्ड बिहीबारको दुर्घटनासँगै तोडिएको छ ।
प्रतिक्रिया