बागमतीमा र्‍याफ्टिङ (तस्बिरहरू)

२०८० भदौ ०९ गते

बागमतीमा र्‍याफ्टिङ (तस्बिरहरू)

काठमाडौं- बागमती नदीमा आज र्‍याफ्टिङ गरिएको छ। बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्बर्द्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्‍याफ्टिङ गरिएको हो।

 

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) ले नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्स क्लब कुपन्डोललगायत संस्थाको सहकार्यमा बागमतीमा र्‍याफ्टिङ गरेर २३औँ संस्करणको ‘बागमती नदी महाजलयात्रा महोत्सव’ मनाइएको हो।

Advertisement:

Ad
Ad

 

बिहान कुपण्डोलस्थित बागमती पुलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म ६ किलोमिटर दुरीमा जलयात्रा गरिएको छ। पन्ध्र बोटमा एक सय ५० जनाले र्‍याफ्टिङ गरेका थिए। पञ्चेबाजा, नेवारी बाजा र ‘म्युजिक ब्यान्ड’ सहित जलयात्रा महोत्सव गरिएको थियो।

 

तस्बिरहरु :

 

bagmati-rafting (6).jpg

 

bagmati rafting.jpg

bagmati-rafting (3).jpg

bagmati-rafting (1).jpg

bagmati rafting .jpg

 

प्रतिक्रिया