बाणिज्य बैंकहरुले घटाए असोजका लागि निक्षेप ब्याजदर

२०८१ भदौ ३१ गते

बाणिज्य बैंकहरुले घटाए असोजका लागि निक्षेप ब्याजदर

काठमाडौँ।   बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि निक्षेपका ब्याजदर घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले निक्षेपको ब्याजदर झनै घटाएका हुन् । बैंकिङ प्रणालीमा अधिक तरलता हुनु र कर्जाको माग न्यून हुँदा अधिकांश बैंकले ब्याजदर घटाइ रहेका छन् । केहीले भने स्थिर राखेका छन् ।

Advertisement:

Ad
Ad

यससँगै बैंकहरुको औषत ब्याजदर पनि घटेको छ। भदौ महिनामा ६.५२ प्रतिशत रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर, असोजमा ०.१३ प्रतिशत घटेर ६.३९८ प्रतिशतमा झरेको छ।

असोजका लागि ब्याजदर घटाउने बैंकहरु सिटिजन्स बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंक रहेका छन् । यस्तो ब्याजदर बढाउने बैंक भने कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड रहेका छन् । बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।