२०८३ भदौ २२ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवा लगायतका जिल्लामा प्राकृतिक विपतबाट प्रभावित नागरिकलाई राहत वितरण तथा उद्धार कार्यमा सहयोग पुर्याउन बैंक तथा वित्तीय संस्थालाई आवश्यक बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकले २०८३ वैशाख २३ गते आवश्यक बैंकिङ सेवा सञ्चालन हुने व्यवस्था गरी त्यसको जानकारी उपयुक्त माध्यमबाट सरोकारवालालाई गराउन बैंक तथा वित्तीय संस्थालाई भनेको छ।
रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि बैंकिङ कारोबारमा सहजता आवश्यक भएकाले राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।
प्रतिक्रिया