२०८२ असार २५ गते
काठमाडौं । बाढीपहिरोका कारण विभिन्न १० राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
यस्तै , बाढी पहिरोका कारण बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रुपमा सञ्चालन छन् ।
प्रतिक्रिया