भन्सार विन्दुमै गडबड भएपछि व्यापार औपचारिक र पारदर्शी खोजेर हुँदैन : पूर्व अर्थमन्त्री खतिवडा

२०८२ असार २० गते

भन्सार विन्दुमै गडबड भएपछि व्यापार औपचारिक र पारदर्शी खोजेर हुँदैन : पूर्व अर्थमन्त्री खतिवडा

काठमाडौं । पूव अर्थ मन्त्री युवराज खतिवडाले व्यापारमा सुधार गर्नका लागि सरकारले भन्सार सुधार गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले सन्दर्भ मूल्यमा ध्यान दिनुपर्ने भन्दै भन्सार सुधार गर्नुपर्ने बताएका हुन् । 


उनले भने, ‘यहाँ सरकारले पारदर्शिता खोजेर हुन्छ, भन्सार विन्दुबाटै ठिक नभएपछि व्यापार औपचारिक, पारदर्शी खोजेर पाइन्छ ? व्यपारमा पनि समस्या छ, सन्दर्भ मूल्य पनि हेर्नुपर्छ । ६ महिना अगाडिको हैन हिजोको अस्तिको अहिले त अनलाइनमा सही समयमा सूचना पाउन सकिन्छ । खरिद भएको दिनको अन्तराष्ट्रिय मूल्य थाहा पाइन्छ । भन्सार सुधार गर्नुपर्ने छ ।’ उनले आफ्नो कार्यकालमा सन्र्दभ मूल्य खारेज गर्न खोजेको तर नसकेको भन्दै यसमा ठुलो समस्या भएको बताए । 

Advertisement:

Ad
Ad


‘आजपनि कारोबार मूल्यलाई हामीले हुबहु भन्सारमा  लगाउन सकिएको छैन । मेरो प्रयास त्यसैमा थियो । सन्र्दभ मूल्य खारेज गर्न खोजेको तर साथिहरु इमान्दार हुनुभएन । कम्पनीको मूल्यमा ५० हजार डलर पर्ने सवारी साधन २५ हजार मै एल.सि खोलेर ल्याइदिनु भयो म अर्थमन्त्री छु अव मैले ट्रान्जेक्सन भ्यालु कसरी स्विकार गर्ने,’ उनले भने । 


यस्तै, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले कानूनमा अधिकतम खुद्रा मूल्य (एमआरपी)को व्यवस्था भएको भन्दै एमआरपी लगाउनुपर्ने बताए ।