भ्रष्टाचारमा मुछिएका माधव नेपालको स्पष्टिकरण, 'मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन'

२०८२ जेठ २२ गते

भ्रष्टाचारमा मुछिएका माधव नेपालको स्पष्टिकरण, 'मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन'

काठमाडौ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि नेपालले यस विषयमा बोलेका छन् । उनले आफुले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

गृहजिल्ला रौतहटमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले आफुले भ्रष्टाचार नै नगरेको उल्लेख गरेका छन् । उनले आफुले कुनै पनि मन्त्रीलाई अनुचित काम गर्न निर्देशन नदिएको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपाल गृह जिल्ला रौतहट क्षेत्र नं–१ मा बिहीबार जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले सो कुरा बताएका हुन ।

Advertisement:

Ad
Ad


आफूविरुद्ध सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको उनले आरोप लगाए । पतन्जलीजस्तो संस्थामा त्यस्तो होला भन्ने आफूले कल्पना पनि नगरेको उनले बताए  । 
यद्यपि, आफूले जग्गा उपलब्ध गराएको र जग्गा खरिद प्रकरणमा आफ्नो कुनै हात नरहेको र त्यसमा तलमाथि भएको भए त्यसको जिम्मेवार कर्मचारी भएको नेता नेपालले जिकिर गरे । अब आफू कानुन व्यवसायीसँग परामर्श गरेर कानुनी प्रक्रियाको सामना गर्न तयार बताए । उनका स्वकिय सचिव लक्ष्मण रेग्मीका अनुसार गौरमा रहेका अध्यक्ष नेपाल हुलाकी राजमार्ग हुँदै सिमरा गएका हुन् । अहिले ४ः३० बजेको प्लेनबाट उनी काठमाडौँ उड्ने तयारी रहेको उनले बताए ।
 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अध्यक्ष नेपालसहित अख्तियारले ९३ जनाविरूद्ध मुद्दा दायर गरेको छ । 

यस अघि पनि काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाल सहितको बयान लिएको थियो ।