२०८२ वैशाख २४ गते
काठमाडौं । भारतले ‘अप्रेसन सिंदूर’ सुरु गरेपछि विभिन्न मुलुकका विमान सेवा कम्पनीले आफ्ना जहाज पाकिस्तानको आकाश भएर उँड्न प्रतिवन्ध लगाएको छ । बुधबार बिहान गुगल गरेर हेर्दा पाकिस्तानी आकाशबाट धेरै जहाजहरु अन्यत्र डाइभर्ट गरिएका देखिन्छन् । यसका कारण धेरै उडानहरू रद्द भएका छन् र केही प्रभावित भएका छन् ।
व्यावसायिक एयरलाइन्सहरूले पाकिस्तानी हवाई क्षेत्र लगभग पूर्ण रूपमा खाली राखेका छन्।एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले यात्रुहरूलाई सतर्क रहन आग्रह गर्दै सूचित गरेका छन् । उनीहरूले उत्तर भारतका केही क्षेत्रमा हवाई यातायातमा अस्थायी अवरोध आएको जानकारी दिएका छन् ।
एयर इन्डियाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेको छ, ‘वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै, एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोट जाने–आउने सबै उडानहरू रद्द गरेको छ।’
साथै, अमृतसरका लागि तय दुई अन्तर्राष्ट्रिय उडानलाई दिल्लीतर्फ डाइभर्ट गरिएको जानकारी पनि दिइएको छ ।
प्रतिक्रिया