२०८२ जेठ ०४ गते
काठमाडौ । भारतले बंगलादेश स्थल नाकाबाट हुने आयातमा प्रतिवन्ध लगाएको छ । भारतको व्यापार तथा उद्योग मन्त्रालयले विदेशी व्यापार महानिर्देशनालयको निर्देशनअनुसार शनिबार यो प्रतिबन्ध जारी गरेको हो ।
बंगलादेशको स्थल नाकाबाट हुने वस्तु आयातमा प्रतिवन्ध लगाउँदा करिब ७७ करोड डलर बराबरको वस्तुहरुमा असर पर्ने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रेडिमेड कपडा, प्रशोधित खाद्य वस्तु, प्लास्टिकका सामग्रीलगायत बंगलादेशका केही प्रमुख निर्यात वस्तुहरुमा भारतको यस्तो निर्णयले असर गर्नेछ ।
यी वस्तुहरुलाई स्थल मार्ग हुँदै भारत प्रवेशमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । अब निश्चित समुद्री बन्दरगाहहरुबाट मात्र भारतमा प्रवेश पाउनेछन् । बंगलादेशले भारतीय निर्यातमा बढाउँदै लगेको व्यापारिक अवरोध र चीनतर्फ ढल्किएकोले भारतले यस्तो कदम लिएको टिप्पणी भएको छ ।
प्रतिक्रिया