भारतीय केरा आयात रोकिनुपर्छ भन्दै नवलपरासीका किसानले दिए आन्दोलनको चेतावनी

२०८२ असोज ०६ गते

भारतीय केरा आयात रोकिनुपर्छ भन्दै नवलपरासीका किसानले दिए आन्दोलनको चेतावनी

नवलपरासी, पश्चिम ।  नवलपरासी पश्चिमका केरा किसानहरूले भारतीय केरा आयात तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

 

Advertisement:

Ad
Ad

नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष लक्खु प्रसाद यादवले विज्ञप्ति जारी गर्दै स्थानीय उत्पादनले पर्याप्त आपूर्ति गर्न सक्ने अवस्था हुँदाहुँदै भारतबाट अत्यधिक मात्रामा केरा भित्रिँदा किसानहरू घाटामा परेको बताएका छन् । उनले समस्या समाधान नभए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

 

सङ्घका अनुसार अहिले किसानहरू ३० रुपैयाँ लागत पर्ने केरा १० देखि १८ रुपैयाँमै बिक्री गर्न बाध्य छन्। असोज ६ गते कृषि ज्ञान केन्द्रमार्फत मन्त्रालयलाई समस्या जानकारी गराए पनि पहल नभएको भन्दै किसानहरूले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

 

विज्ञप्तिमा भारतीय मोटरसाइकल र अन्य साधनमार्फत आउने केरा नियन्त्रणमा लिएर कारबाही गर्न माग गरिएको छ। साथै आन्दोलनमा आवश्यक परे किसान, राजनीतिक दल, पत्रकार महासङ्घ, नागरिक समाजलगायतलाई साथ दिन आह्वान गरिएको छ।