२०८२ जेठ ०६ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकको भावी गभर्नर नियुक्तीको अन्यौलताका बीच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा बैठक बसेर गभर्नरको टुंगो लगाएको बुझिएको छ । दुई नेता बीच डा. विश्व पौडेललाई गभर्नर बनाउने कुरामा सहमति भएको बुझिएको छ ।
अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समिति राजनीतिक रस्साकस्सीका कारण गठन भएर एक पटक पनि बैंठक बस्न नसकेकोमा आजै बस्नु र प्रधानमन्त्रीले आजै साँझलाई मन्त्रीपरिषद् बैठक डाक्नुले पनि गभर्नर नियुक्ती आज टुंगोमा पुग्ने कुरामा बल पुगेको हो । दुई दलका मूख्य नेता बसेर सहमति गरिएको भनिएका भावी गभर्नरका उम्मेदवार पौडेलको नियुक्ती सहज हुने भने देखिँदैन । किनकि पौडेल नेपाली कांग्रेसका क्याडर हुन्, नेपाल राष्ट्र बैंक ऐन अनुसार राजनीतिक दलमा आवद्ध व्यक्ती गभर्नर बनाउन पाइने छैन ।
पौडेल २०७९ सालको चुनावमा चितवन जिल्लामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधी सभा सदस्यमा उठेका थिए । तर उनी रास्वपाका हरि ढकालसँग पराजित हुन पुगे । यस अर्थमा पौडेल गभर्नरमा नियुक्त भैहालेपनि उनीमाथि अदालतमा नियुक्ती बदरको माग गर्दै मुद्दा पर्ने प्रवल सम्भावना देखिएको छ ।
प्रतिक्रिया