२०८० फागुन ०९ गते
काठमाडौं । फागुन ९ गते देखि भृकुटीमण्डपमा १ महिने बम्पर डिस्काउन्ट जुत्ताचप्पल मेला सुरु भएको छ । यस मेला १५ वटा कम्पनीहरूको संयुक्त आयोजनामा सुरु भएको छ ।
मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव मुकुन्द निरौलाले नेपाल जुत्ता चप्पलमा अत्मनिर्भर रहेको बताउँदै यस्तो मेलाले सम्पूर्ण नेपाली जनतामा नेपाली उत्पादनले नै नेपाली जनताको जुत्ताको माग पुग्छ भन्ने सन्देश प्रवाह गर्ने बताए ।

स्वदेशमा उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका जुत्ता–चप्पल खरिद गर्न सकिने जानकारी व्यवसायी डिल्ली सुवेदीले दिए । उनका अनुसार, मेलामा विभिन्न ब्राण्ड का झण्डै एक हजार भन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध रहेका छन् । विदोशी भन्दा स्वदेशी उत्पादन २० प्रतिशत महङ्गो भएपनि स्वदेशी उत्पादन नै प्रयोग गर्नु पर्ने नियम रहेको समेत उनले जानकारी गराए ।

नेपालका चर्चित ब्राण्डका जुत्ता–चप्पल उत्पादन गर्दै आइरहेका स्टेप अन फुटवेयर प्रा.लि., कम्फर्ट लेदर सुज, मध्यपुर जुत्ता उद्योग, माता पाथीभरा देवी इन्टरप्राइजेज, न्यु फेमस सुज सेन्टर प्रा।लि, राज प्लाष्टिक उद्योग, ओसियन सुज, माता पाथीभरा देवी ग्रुप अफ इन्ड्रष्टिज प्र.लि. क्मफी लेडिज र सिटिजन्स सुज लगायत कम्पनीहरूको मेलामा सहभागिता रहेको छ । एकै ठाउँमा विभिन्न मोडलका जुत्ता–चप्पल उपलब्ध हुने हुँदा ग्राहकलाई खरिद गर्न सहज हुने जानकारी पनि सुवेदीले दिए ।

मेलामा १५ देखि ७५ प्रतिशत छुटको व्यवस्था छ । पुरुष, महिला र बालबालिका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल उपलब्ध हुनेछ । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया