बजेट नागरिकको कान पवित्र पार्न ल्याएको होइन, कार्यान्वयन गर्न ल्याएको हो :अर्थमन्त्री

२०८२ जेठ १६ गते

बजेट नागरिकको कान पवित्र पार्न ल्याएको होइन, कार्यान्वयन गर्न ल्याएको हो :अर्थमन्त्री

काठमाडौ । अर्थमन्त्री विष्णू पौडेलले बजेट नागरिकको कान पवित्र पार्न मात्र बाचन गरिएको नभई कार्यान्वयन गर्न ल्याइएको बताएका छन् । शुक्रबार बजेटबारे ब्रिफिङ गर्न पत्रकारहरुलाई अर्थमन्त्रालय बोलाएर अर्थमन्त्री पौडेलले बजेट आजैबाट कार्यान्वयन हुने बताए । तयारी प्रक्रिया पुरा भएका आयोजनाको खरिद प्रक्रिया आजैबाट हुने उनले उल्लेख गरे ।

यस्तै मन्त्री पौडेलले आन्तरिक ऋण उठाउँन सक्ने ठाउँ हुँदा हुँदै पनि कम उठाउँने लक्ष्य लिएको बताए । वित्त आयोगले जिडिपिको ५.५ प्रतिशतसम्म  आन्तरिक ऋण उठाउँन सक्ने सिमा दिएपनि अहिले अर्थमन्त्रालयले ५.३ प्रतिशतसम्म आन्तरिक ऋण उठाउँने लक्ष्य लिएको छ ।  यस पटक बजेट वास्तविक आएकोले बजेटको आकारमा धेरै टिप्पणी सुन्न नपरेको अर्थमन्त्रीको भनाइ छ ।

Advertisement:

Ad
Ad

सामाजिक सुरक्षालाई थप व्यवस्थित बनाइएको,विलासिताको वस्तु सुन लगायतको थ्रेसहोल्ड हटाएको जानकारी अर्थमन्त्रीले दिए ।