२०८२ भदौ १२ गते
काठमाडौ । सरकारले बीमा प्राधिकरणको अध्यक्ष छान्न सिफारिस समिति गठन गरेको छ । अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना अयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिमा अर्थमन्त्रालयका सचिव घनश्याम उपाध्याय र डा. खोमराज खरेल रहेका छन् । खरेललाई विज्ञ सदस्यको रुपमा राखिएको हो ।भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो ।
गत फागुनमा प्राधिकरणका अध्यक्ष बनेका शरद ओझा ६ महिना पनि काम गर्न नपाई बर्खास्तीमा परेपछि भदौ २ गतेदेखि अध्यक्ष पद रिक्त छ । अनुभवको फर्जी काजगजात पेश गरेको भन्दै उनलाई निलम्बन गरिएको थियो । पछि पुष्टि भएको भन्दै बर्खास्ती गरिएको हो ।
ओझालाई छान्नेबेलामा पनि अधिकारी नै छनोट समितिका संयोजक थिए ।
प्रतिक्रिया